Tuesday, 2017 Jun 27
00:00:00 NST
कार्यक्रम तालिका
  • Dharmik songs & prawachan4.00AM - 5.00AM
  • Ekata News & Bhagwat Prawachan5.00AM - 5.30AM
  • Shajha Khabar CIN6.00AM - 6.30AM
  • Bani Bahas6.30AM - 7.00AM
  • Swadesh Githaru7.00AM - 7.15AM
  • BBC Nepali Sewa7.15AM - 7.30AM
  • Sunder Bihani7.30AM - 8.00AM
  • Ekata News8.00AM - 8.15AM
  • Bichar Bimarsha(Som)8.15AM - 9.00AM
  • Nepal Bani News9.00AM - 9.15AM
  • Hindi Melody Love Songs(Morning Hour)9.15AM - 10.00AM
  • Ekata Khabar(Bajika Language)10.00AM - 11.10AM
  • Nepali Morden Songs10.15AM - 11.00AM
  • Nepali Morden Songs10.15AM - 11.00AM
  • Ekata news11.00AM - 11.10AM
  • Nepal Bani News12.00PM - 12.15PM
  • Mix Hour12.15PM - 1.00PM
  • Ekata News1.00PM - 1.10PM
  • Sangit Samarpan(Som/Shanti)1.15PM - 2.00PM
  • Ekata News2.00PM - 2.15PM
  • Pop Music2.15PM - 3.00PM
  • Nepal Khabar(Unn)3.00PM - 3.10PM
  • Kdot,Bdot(Som)3.15PM - 4.00PM
  • Ekata News4.00PM - 4.10PM
  • Lok Manjari4.15PM - 5.00PM
  • Ekata News5.00PM - 5.15PM
  • Pardeshi Ko Chitthi(Som)5.10PM - 6.00PM
  • Nepali Bani News6.00PM - 6.30PM
  • Ekata Serophero6.30PM - 7.00PM
  • Krishi Karyakram(Som)7.00PM - 7.30PM
  • CIN Shajha Khabar7.30PM - 8.00PM
  • Nepal Darpan8.00PM - 8.30PM
  • Songs8.30PM - 8.45PM
  • BBC Nepali Sewa8.45PM - 9.15PM
  • Sruti Sambeg(Unn)9.15PM - 10.00PM
  • Khullduli.com10.00PM - 10.55PM
  • Nepal Khabar Highlight(Unn)10.55PM - 11.00PM
  • Sewa Samapt11.00PM - 3.00AM
सबै हेर्नुहोस
तपाईको मत

Loading...

रेडियो एकता

 
समुदायप्रति उत्तरदायी हुने समुदायिक रेडियोको उद्देश्य अनुसार समाजमा शान्ति, सदभाव र एकता कायम गर्नका लागि रेडियो एकता ९२.४ मेगाहर्ज सर्लाही जिल्लाको लालबन्दी– ८ बस्तीपुरमा स्टेशन स्थापना गरी वि.स. २०६७ साल कात्तिक १२ गतेबाट प्रशारणमा आएको हो । सामुदायिक संचार एकता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो एकता हाल आएर इन्टरनेट मार्फत www.radioekata.org लग अन गरेर पनि सुन्न सकिन्छ ।

                 बिहान ४ बजेदेखि राति ११ बजेसम्म गरी १९ घण्टा प्रशारणमा रहेको रेडियोले स्थानीय र राष्ट्रिय गरी १९ वटा समाचार, विभिन्न खाले सन्देश र मनोरञ्जन दिने कार्यक्रमहरु प्रसारण गरिरहेको छ । सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, सिन्धुली, ललितपुर, काभ्रे, दोलखा,  महोत्तरि, उदयपुर,  लगायत हिमाल, पहाड र तराईका २९ जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्र सोनवर्षा लगायतका स्थानमा स्पष्ट सुन्न सकिने यस रेडियोमा आएका टेलिफोनहरुबाट पुष्टि भएका छन । समाजमा भएका प्रतिभाको खोजी, उदारहरणीय कामको प्रोत्साहन, सामाजिक कार्यमा सहभागिता, शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय र कृषिमा चेतना कानुनी परामर्श लगायतका विषयहरु प्राथामिकताका साथ प्रसारण गरिरहेको कुरा अवगत गराउँदछौँ ।

                    अहिले सर्लाही जिल्लामा एउटा नीजि र चारवटा सामुदायिक रेडियोहरु स्थापना भएका छन् । ती मध्ये सामुदायीक रेडियो एकता ९२.४ मेगाहर्ज सर्लाहीको सबै क्षेत्रमा स्पष्ट सुन्न सकिने रेडियो हो । यसरी धेरै जिल्लाबासीका घरघरमा गुन्जिने रेडियोमा जिल्लाबासीकै जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि वातावरण र मनोरन्जनका कार्यक्रमहरु समावेश गर्दै वास्तविक अर्थमा विकासको गतिमा अघि बढ्न काँधमा काँध र हातमा हात मिलाएर अगाडी बढिरहेको छ । रेडियो एउटा प्रभावकारी विद्युतिय आम सञ्चारको माध्यम हो, रेडियोका माध्यमबाट तुलनात्मक रुपमा गुणात्मक कार्यहरु गर्न सक्छन् । अन्य संस्थाहरुले पनि आफ्ना सदस्य, ग्राहक, सेवाग्राही वा सरोकारवालाहरुको सुविधा र सूचनाका लागि रेडियोको उपयोग गरिरहेका छन् । गैरकानुनी ढङ्गले सञ्चालनमा रहेका, समाजलाई अहित गर्ने, सामाजिक सदभावमा खलल पु¥याउने खालका बाहेक यस रेडियोले कुनै पनि व्यक्ति, फर्म, संस्था, समूह तथा कार्यालयहरुसँग सहकार्य गरी रेडियो कार्यक्रम, विज्ञापन, सूचना आदि उत्पादन गरि प्रसारण गर्दछ  । उत्पादन भएका कार्यक्रमहरुलाई सस्तो र सुलभ मूल्यमा प्रशारण गर्ने व्यवस्था समेत यो रेडियो एकताले गरेको छ । रेडियो मार्फत सञ्चालन भएका कार्यक्रम तथा रिपोर्टहरुका कारण समाजमा उल्लेख्य परिवर्तनहरु भएको देख्दा हामी गौरवान्वित पनि भैरहेका छौ ।

                  सामुदायिक रेडियोहरुको छाता संगठन अको¥याबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआइएन, उज्यालो नाइन्टी नेटवर्क, एन्टेना फाउन्डेसन, बिबिसी र नेपालबाणी नेटवर्क जस्ता राष्ट्रिय प्रशारणसँग यस रेडियोले सम्बन्धन र समन्वय गरी ती संस्थाहरुबाट उत्पादन गरेका कार्यक्रम र समाचार प्रशारण गरिरहेका छौ । त्यस्तै हामीले यस रेडियोबाट उत्पादन गरी पठाएका सामाग्रीहरु पनि ति राष्ट्रिय नेटवर्कहरुबाट प्रशारण भैरहेका छन् । रेडियोको आफ्नै जनशक्तीले पनि धार्मिक कार्यक्रम, विचार विमर्श, सुन्दर बिहानी, एकता खबर, साहित्य बाटिका, गजलका शेरहरु, श्रृजनाका सुशेलीहरु, संगित समर्पण, लोक मञ्जरी, अचम्मको संसार, परदेशका कुरा समेतका सन्देश, साहित्य र समाचारमुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण भैरहेका छन् । तराईका फाँट, पहाडका डाँडा र हिमालका बस्तीहरुमा यो रेडियोको पहुँच बनेको छ ।

                  यसरी यस रेडियोलाई सबैको उपयोगी र लोकप्रीय बनाउन सक्दो प्रयास गरिएको छ । अझ यसलाई लोकप्रीय बनाउनका लागि हामीले शुभचिन्तकहरुको सर सल्लाह र सुझावको खाँचो पनि छ ।  अहिलेको युग सञ्चारको युग भएको र त्यसमा पनि सामुदायिक रेडियोको मुल मर्म र उद्देश्य नै आफ्नो समाज र समुदायको प्रतिनीधित्व गर्ने भएकोले यही उद्देश्य अनुरुप रेडियो सञ्चालन गरिरहेका छौं । 

 

 

तपाईको सन्देश